नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । गत साताको अन्तिम दिन (शुक्रबार) प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको भाउ यो साता निरन्तर ओरालो लागिरहेको अवस्था छ । यद्यपि आज बुधबार (साताको चौथो दिन) भने सुनचाँदी दुवैको भाउ भने स्थिर छ ।
साताको पहिलो दिन (आइतबार) प्रतितोला ५ सय रुपैयाँले घटेर कारोबार भएको सुनको भाउ सोमबार पुन: २ सय रुपैयाँका दरले घटेको थियो । हिजो (मंगलबार) पनि सुन प्रतितोला २ सय रुपैयाँले घटेर कारोबार भएको थियो । आज (बुधबार) भने सुनचाँदीको भाउ अघिल्लो दिनकै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १० रुपैयाँले घटेको चाँदीको भाउ सोमबार भने ५ रुपैयाँ प्रतितोला घटेर कारोबार भएको थियो । महासंघका अनुसार हिजो (मंगलबार) चाँदी प्रतितोला ५ रुपैयाँले घटेर कारोबार भएको थियो भने आज (बुधबार) हिजोकै मूल्य अर्थात् प्रतितोला ८ सय ३० रुपैयाँ नै कायम छ ।
महासंघका अनुसार अस्ति (सोमबार) छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घट्दै ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । हिजो (मंगलबार) पुन: २ सय रुपैयाँ प्रतितोलामा भाउ घटेपछि छापावाल सुन ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि हिजोकै भाउ अर्थात् ७० हजार ८ सय रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार भने छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले घट्दै ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज पनि तेजाबी सुन ७० हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो । अस्ति (सोमबार) भने ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । साताको पहिलो दिन अर्थात् आइतबार भने तेजाबी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
साताको पहिलो दिन (आइतबार) अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेर ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार भने प्रतितोला ५ रुपैयाँले घट्दै ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने पुन: ५ रुपैयाँ घट्दै प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो । आजको भाउ स्थिर रहँदा चाँदी प्रतितोला सोही मूल्य अर्थात् ८ सय ३० रुपैयाँमै कारोबार भइरहेको छ ।
व्यवसायीहरुका अनुसार सुनचाँदीको भाउ बढ्दा उपभोक्ताको आगमन कम हुने यद्यपि आवश्यक पर्नेका लागि किन्नुको विकल्प पनि थिएन । यद्यपि यो साता निरन्तर सुनचाँदीकै भाउ ओरालो लाग्दा उपभोक्ताको भीड सुनचाँदी पसलमा लागेको देख्न सकिन्छ । आज भने सुनचाँदीकै भाउ स्थिर रहँदा उपभोक्ता अलिअलि भए पनि राहत भएको व्यवसायीहरु बताउँछन् । बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिद-बिक्री राम्रैसँग हुन्छ । मंसिरलाई सुनचाँदीको कारोबार राम्रो हुने महिना अर्थात् सिजनको महिना पनि मानिन्छ । आज सुनको भाउ स्थिर रहँदा उपभोक्तालाई केही राहत हुने देखिन्छ ।