नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । हिजो भने अघिल्लो दिनकै भाउ यानि स्थिर मूल्य थियो । यता चाँदीको भाउ पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले घटेर कारोबार भइरहेको छ ।
नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको छ । हिजो भने छापावाल सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति (मंगलबार) पनि यही मूल्य कायम थियो ।
बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिदबिक्री राम्रैसँग हुन्छ । मंसिरलाई सुनचाँदीको कारोबार राम्रो हुने महिना अर्थात् सिजनको महिना पनि मानिन्छ । आज सुनचाँदीको भाउ घट्दा ग्राहक पनि बढ्ने सुनचाँदी व्यवसायीहरुको अपेक्षा छ ।
यस्तै हिजो (बुधबार) ७० हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज २ सय रुपैयाँले घट्दै प्रतितोला ७० हजार ७ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
सुनको भाउ प्रतितोला २ यस रुपैयाँ घटेको अवस्थामा चाँदी भने प्रतितोला ५ रुपैयाँ घटेर कारोबार भएको छ ।
स्थिर रहे पनि चाँदीको भाउ ५ रुपैयाँ प्रतितोला बढेर कारोबार भइरहेको छ । हिजो प्रतितोला ८ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ८ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन अर्थात् अस्ति (सोमबार) पनि प्रतितोला ८ सय ५५ रुपैयाँमै चाँदीको कारोबार भएको थियो ।