नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । अघिल्लो दिनको तुलनामा आज साताको पहिलो दिन सुनमा प्रतितोला सय रुपैयाँ घटेको छ । यस्तै चाँदी भने प्रतितोला ५ रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
शुक्रबार र शनिबार ७१ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको भाउ आज सय रुपैयाँले घट्दै ७१ हजार ६ सय रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिदबिक्री राम्रैसँग हुन्छ । मंसिरलाई सुनचाँदीको कारोबार राम्रो हुने महिना अर्थात् सिजनको महिना पनि मानिन्छ । आज सुनमा प्रतितोला सय रुपैयाँ घटेर कारोबार हुँदा उपभोक्ताले अलिअलि भए पनि राहत पाएको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।
यस्तै अघिल्लो दिन ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज (आइतबार) ७१ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
५ रुपैयाँ प्रतितोला घटेको चाँदीको भाउ आज प्रतितोला ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ८ सय ६० रुपैयाँमा चाँदीको खरिद-बिक्री भएको थियो ।
सुनचाँदीको भाउ थोरै घटे पनि कारोबार राम्रै हुन सक्ने व्यवसायीहरुको आकलन छ । बिहेको लगनको मुखैमा सुनचाँदीको भाउ अलिअलि भए पनि घट्दा उपभोक्तालाई केही राहत हुनु स्वभाविक हो ।