शिवम् सिमेन्टसले “शिवम् कृति समारोह २०७६” सम्पन्न गरेको छ।
कात्तिक २९ र ३० गते काठमाडौंको हायात होटलमा सम्पन्न उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्ना उत्कृष्ट डिलरमध्ये सर्वोत्कृष्ट ३७ डिलरलाई विभिन्न विधामा अवार्डबाट सम्मान गरेको थियो।
जस अनुसार पहिलो दिन कोर इष्ट जोनका डिलरहरुलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन विजेतालाई शिवम् रिजनल डाइमण्ड, गोल्ड र सिल्भर तथा दोस्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरुलाई रिजनल अवार्डहरुको साथ साथै नेसनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् नेशनल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डहरु बाट सम्मानित गरिएको थियो।
कार्यक्रमलाइ सम्बोधन गर्दै शिवम् सिमेन्टसका अध्यक्ष सुरेन्द्र कुमार गोयलले आपसी सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्टसले सिमेन्ट जगतमा उच्च स्थान पाउन सफल भएको बताएका थिए।
साथै आगामी दिनहरुमा यो सम्बन्धलाई अझै दिगो रुपमा प्रस्तुत गर्दै शिवम् सिमेन्टसलाई सदैव नं. १. सिमेन्टको रुपमा परिचित गराइराख्ने उनले प्रतिवद्धता जनाए।