प्रधानमन्त्री केपी ओलीले सिंहदरबारबाटै ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री-ए जलविद्युत् आयोजना उद्घाटन गरेका छन् ।
रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन प्रधानमन्त्री ओलीले सोमबार आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्विच थिचेर गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका ५, सिम्लेबाट एकसाथ उदघाटन गरेका हुन् ।
उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ ।