नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । चाडबाड सकिएसँगै सुनचाँदीको भाउ ओरालो लागिरहेको थियो । अस्ति (शुक्रबार) सुन प्रतितोला ७ सय रुपैयाँले घटेको थियो । हिजो (आइतबार) सुनमा प्रतितोला ११ सय रुपैयाँ बढेको थियो भने चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेको थियो । आज (सोमबार) पुन: सुनचाँदी दुवैको भाउ बढेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार र शनिबार प्रतितोला ६९ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन हिजो (आइतबार) ११ सय रुपैयाँले बढ्दै प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको थियो । आज भने पुन: २ सय रुपैयाँ प्रतितोला बढ्दै छापावाल सुनको मूल्य ७१ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यस्तै हिजो तेजाबी सुनको भाउ प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भए पनि आज २ सय रुपैयाँ बढ्दै ७० हजार ९ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार अस्ति शुक्रबार र शनिबार तेजाबी सुन प्रतितोला ६९ हजार ६ सय रुपैयाँले कारोबार भएको थियो ।
यता चाँदीको भाउ ५ रुपैयाँले मात्र बढेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार हिजो (आइतबार) भने चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।