नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । चाडबाड सकिएसँगै सुनचाँदीको भाउ ओरालो लागिरहेको थियो । अस्ति (शुक्रबार) सुन प्रतितोला ७ सय रुपैयाँले घटेको थियो । आज भने सुनमा प्रतितोला ११ सय रुपैयाँ बढेको छ भने चाँदीमा प्रतितोला ५ रुपैयाँले बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार र शनिबार प्रतितोला ६९ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज (आइतबार) ११ सय रुपैयाँले बढ्दै प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको भाउ प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । उसो त शुक्रबार र शनिबार तेजाबी सुन ६९ हजार ६ सय रुपैयाँले कारोबार भएको थियो ।
यता चाँदीको भाउ ५ रुपैयाँले मात्र बढेको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार शुक्रबार र शनिबार चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।