नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । तर, आज नेपाली बजारमा सुनचाँदी दुवैको भाउ घटेको छ ।
गएको शुक्रबारयता स्थिर रहेको चाँदीको भाउ आज (मंगलबार) भने घटेको छ । सोमबार सम्म प्रतितोला ८ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदीको भाउ आज (मंगलबार) भने ५ रुपैयाँले घट्दै प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तलमाथि भइरहने सुनको भाउ सोमबार अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेर कारोबार भएको थियो । आज पुन: २ यस रुपैयाँ प्रतितोला घटेर सुनको कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँ कायम छ । हिजो (सोमबार) भने प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन आज प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन हिजो प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
अघिल्लो दिनको तुलनामा सुनमा प्रतितोला २ सय रुपैयाँ र चाँदीमा प्रतितोला ५ रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ । चाडबाड सकिएसँगै सुनचाँदीको भाउ घट्न सक्ने अपेक्षा गरिएको छ । सुनचाँदीको भाउ घटबढ भइरहने भएकाले उपभोक्ताले पनि घटेको समयमा किन्ने गरेको पाइन्छ ।