नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । तर, आज नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर छ । चाँदीको भाउ अस्ति (शुक्रबार) यता ८ सय ७० रुपैयाँ प्रतितोलामै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर, सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज २ सय रुपैयाँले घटेर प्रतितोला ७१ हजार रुपैयामै कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (आइतबार) भने तेजाबी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसको मतलब छापावाल सुनमा झैं तेजाबी सुनमा पनि प्रतितोला २ सय रुपैयाँ घटेको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमै कारोबार भइरहेको छ । यो भाउ गएको शुक्रबार यता स्थिर हो ।