नेपाली बजारमा आज (सोमबार) सुन-चाँदी दुवैको मूल्य स्थिर छ ।
अघिल्लो दिन (आइतबार) बजारमा छापावाल सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँ तथा तेजाबी सुन ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्य नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदी पनि आइतबार र सोमबार उही मूल्य अर्थात् प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको छ ।