यो साताको पहिलो र दोस्रो दिन ओरालो लागेको सुनको भाउ तेस्रो (मंगलबार) भने उकालो लागेको थियो । आज चौथो दिनमा भने सुनचाँदी दुवैको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा हिजो सुन प्रतितोला ७ सय रुपैयाँले बढेको थियो । आज भने प्रतितोला सय रुपैयाँले घटेको छ । चाँदी भने हिजो १५ रुपैयाँ प्रतितोलाले बढेको थियो भने आज (बुधबार) १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार अस्ति (सोमबार) ७० हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन हिजो (मंगलबार) भने ७० हजार ७ सय रुपैयाँमा कारोबार भयो । आज (बुधबार) भने सय रुपैयाँले घट्दै ७० हजार ६ सय रुपैयाँ तोलामा कारोबार भइरहेको छ । उसो त छापावाल सुन साताको पहिलो दिन (आइतबार) भने ७० हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला ७० हजार ३ सय रुपैयाँ कायम गरिएको छ । अस्ति (सोमबार) ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन हिजो (मंगलबार) भने ७० हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । यसको मतलब हिजोको तुलनामा आज छापावाल र तेजाबी सुनमा प्रतितोला सय रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ ।
साताका सुरुका दुई दिन सुनको मूल्य घटे पनि चाँदीको मूल्य स्थिर थियो । मंगलबार भने सुनचाँदी दुवैको भाउ बढेको थियो भने आज (बुधबार) भने घटेको छ । आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेको छ । हिजो ८ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १० रुपैयाँ घट्दै ८ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।