नेपाली बजारमा सुनको मूल्य ओरालो लागिरहेको छ । यसले गर्दा उपभोक्तालाई केही राहत भएको छ । यो साताको दोस्रो दिन आज (सोमबार) सुन तोलामा सय रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुन ७० हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । हिजो (आइतबार) भने ७० हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने ६९ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । हिजोको तुलनामा आज छापावाल र तेजाबी सुनमा प्रतितोला सय रुपैयाँले घटेर कारोबार भएको हो ।
सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ । यसले उपभोक्तालाई अलिअलि भए पनि राहत भएकै छ । यता चाँदी भाउ भने गएको शुक्रबारदेखि स्थिर छ । आज पनि चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।