नेपाली बजारमा सुनको मूल्य ओरालो लागिरहेको छ । यसले गर्दा उपभोक्तालाई केही राहत भएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाला सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा छापावाल र तेजाबी सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
छापावाल सुन शुक्रबार प्रतितोला ७० हजार ४ सय रुपैयाँले कारोबार भएको थियो । यस्तै तेजाबी सुन भने ७० हजार एक सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार प्रतितोला ८ सय ४५ रुपैयाँ रहेको चाँदी आइतबार पनि सोही मूल्य कायम छ ।