कमल पोखरीस्थित सिटी सेन्टरले नेपालीहरुको महान पर्ब दशैं तिहारको अबसर पारेर ग्राहक लक्षित आकर्षक योजना ल्याएको छ।
सामान खरिद गर्ने ग्राहकमात्र होइन, सेन्टरमा घुम्न आउनेहरुलाई समेत लक्की ड्र मा सहभागी गराइने छ। कात्तिक १६ गतेसम्म सिटी सेन्टरबाट सामान खरिद गर्ने ग्राहकहरुलाई सो योजनामा सहभागी गराइनेछ।
लक्की ड्र मार्फत बिजेता छनौट गरिनेछ। जस अनुसार पहिलो पुरस्कार १५० सीसीको टिभीएस आरटीआर, दोस्रो पुरस्कार ११० सीसीको टीभीएस जुपिटर, तेस्रो पुरस्कार दुई जनालाई ४३ इन्चको एलइडी टिभी, चौथो पुरस्कार रेफ्रिजरेटर, पाँचौं पुरस्कार वासिङ मेशिन र छैटौं पुरस्कार भ्याकुम क्लिनर, हिटर र आइरन रहेको छ।
यसबाहेक चाडपर्ब लक्षित धेरै सामान खरिदकर्तालाई आकर्षक छुटको समेत व्यबस्था गरिएको छ।