चाडबाड आगमनसँगै सुनचाँदीको भाउ बढ्ने र घट्ने क्रम रोकिएको छैन । आज भने सुनचाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (मंगलबार) भने ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
यस्तै तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ । हिजो मंगलबार प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने ७१ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यता सुनको भाउमा प्रतितोला ६ सय रुपैयाँ बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज (बुधबार) चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदी हिजो (मंगलबार) भने ८ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । चाडबाड आगमनसँगै सुनचाँदीको भाउ बढ्दा उपभोक्ता मर्कामा परेका छन् ।