कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ। ह्याकरको समूहले सिस्टम ह्याक गरेर उक्त रकम चोरी गरेको हो।
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंककाे लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गरे।
ह्याकरहरुले कृषि विकास बैंकको लहान शाखाबाट केन्द्रीय शाखामा ट्रान्सफर गरेर रकम झिकेको देखिएन आएको प्रहरी स्रोतले जानकारी दिएको छ। आइतबारदेखि अहिलेसम्म ह्याक गरेर रकम झिक्ने कार्यमा संलग्न १० जना पक्राउ परिसकेका छन्।