कैलालीको टीकापुरस्थित उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रामबहादुर भण्डारी विजयी भएका छन्। नेकपाका ध्रुवराज खत्रीलाई २२१ मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा विजयी भएका हुन्। भण्डारीले ५४१ मत प्राप्त गर्दा खत्रीले ३२० मत प्राप्त गरेका छन्।
यस्तै उपाध्यक्ष वाणिज्यतर्फ चक्रपाणि सापकोटा र उपाध्यक्ष उद्योगतर्फ जगतराज चौधरी विजयी भए। महासचिवमा तपेन्द्र स्वाँर, सचिवमा गणेश रेग्मी, कोषाध्यक्षमा कमल चौधरी विजयी भए।
महिला सदस्यमा शिला सापकोटा, जनजाति सदस्यमा जितबहादुर चौधरी (पन्छी), दलित सदस्यमा अमित टमटा नेपाली, विजयी भए।
खुला सदस्यमा नवराज रिमाल, तपेन्द्र कुँवर, मानबहादुर ठकुल्ला, रामबहादुर साउद, टेकबहादुर सोडारी, जीवन गौचन, सन्तोष खड्का र हिक्मत रावल विजयी भएकाे निर्वाचन अधिकृत धनबहादुर शाहीले जानकारी दिए।
नवनिर्वाचित अध्यक्ष भण्डारीले मतदातालाई धन्यवाद दिँदै व्यापारीको सुझावका आधारमा काम गर्ने बताए। शनिबार भएको चुनावमा एक हजार दुई मतमध्ये ९१६ मत खसेको थियो।