योगदानमा आधारित सामाजिक सुरक्षा योजना आज (बुधबार) देखि लागू भएको छ ।
योजनामा सहभागी हुने आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्नेछ । रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा हुनेछ ।
रकम जम्मा गरेपछि कोषले सञ्चालन गर्ने सामाजिक सुरक्षा योजनाहरुअनुसार सुविधा पाइनेछ । कोषले अहिले औषधि उपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र बृद्धावस्था सुरक्षा योजना ल्याएको छ ।