अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई डुब्नबाट जोगाउने विकल्पको खोजी भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत प्रधानमन्त्रीको कार्यालय, पर्यटन मन्त्रालयलगायतका शीर्षकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै खतिवडाले यस्तो बताएका हुन् । उनले सरकारले धेरै यात्रु बोक्नकै लागि नेपाल वायु सेवा निगमका लागि दुई वाइडबडी जहाज भित्रयाएको बताउँदै गन्तब्यको खोजी भइरहेको जानकारी दिए ।
खतिवडाले वायु सेवा निगमको बेथितिमा वर्तमान सरकार जिम्मेवार नभएको दाबी गरे। पर्यटन बर्षका लागि केन्द्रका साथै प्रदेश र स्थानीय सरकारबाट पनि बजेट बिनियोजन भएको जानकारी उनले दिए। सरकारले हवाई पुर्वाधारको रणनीति बनाउन लागेको र त्यसका आधारमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र आन्तरिक उडानका लागि विमानस्थल बनाउने उनले जानकारी दिए।
मातहतका निकायलाई प्रधानमन्त्री कार्यालयमातहत राखिँदा त्यसको प्रभावकारिता बढ्दै गएको उनले बताए ।