सुनको भाउले आज( शुक्रबार) फेरि नयाँ रेकर्ड बनाएको छ । भाउ बढेर प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ ।
महासंघले बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार गरेको थियो । महासंघका अनुसार १५ दिनअघि न्युयोर्क मार्केटमा सुनको भाउ प्रतिऔस १४ सय डलर पुग्ने आकलन गरिएको थियो । विवाहकाे सिजनमा सुनकाे भाउ लगातार बढ्दा उपभाेक्ता भने मर्कामा परेका छन् । सुनकाे भाउमा आश्चर्यजनक ढंगले वृद्धि भएपनि काराेबार भने कमै रहेकाे बताइएकाे छ ।