लोकप्रिय रेस्टुरेन्ट सञ्जाल बाजेको सेकुवा अब भक्तपुरमा पनि पाइने भएको छ । भक्तपुरको गट्ठाघरमा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा आएको हो ।
बाजेको भेन्चर प्रालिले फ्रान्चाइज मोडलमा विस्तार गरिरहेको नयाँ शाखाको बुधबार बाजेको सेकुवाकी निर्देशक नीतिमा कार्की र समाजसेवी सरस्वती थापाले गरे । विगत ३ महिनाको अवधिमा ललितपुरको कुमारीपाटी र अमेरिकाको ड्यालासमा पनि शाखा सञ्चालन गरिएको थियो ।
उपत्यका बाहिर पोखरा, भरतपुर, र बुटवलमा फ्रान्चाइज मोडेलमा रेष्टुरेन्ट सञ्चालन भइरहेको छ । अमेरिकाको न्युयोर्कमा पनि बाजेको सेकुवा हिमालयन ग्रिल भनेर सञ्चालनमा छ । अस्ट्रेलिया, बेलायतमा पनि आगामी दिनमा विस्तार गर्ने योजना रहेको बाजेको सेकुवाका अप्रेसन प्रमुख सञ्जीव तिमल्सिनाले जानकारी दिए । नेपालमा जनकपुर, नेपालगन्ज, वीरगन्ज, विराटनगर र चितवनको मुग्लिनमा शाखा सञ्चालनको तयारी भइरहेको छ ।