आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) ले मोबाइल वालेट एपको जे पे गर्दा पनि आइएमई पे नामक कार्यक्रम शुरु गरेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप आइएमई पे लाई फोनमा डाउनलोड गरी प्रमाणिकरण गरिएपछि बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइल तथा टिभीको रिचार्ज, हवाईजहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकार र सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि रेस्टुरेन्ट तथा अन्य पसल र स्टोरमा रकम भुक्तान गर्न सकिने जनाइएको छ।
आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा आइएमई पे को प्रमुख लक्ष्य भनेको मोबाइलबाट गरिने भुक्तानी अर्थात् मोबाइल वालेटको प्रयोगलाई सजिलोभन्दा सजिलो बनाउनु भएको बताउँछन्।
सन् २०१९ को अन्त्यसम्म नेपालभर १ लाखभन्दा बढी ठाउँमा आइएमई पे बाट नै भुक्तानी गर्न सकिनेछ संस्थाको दाबी छ।