पाेखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।
शनिबार भएकाे प्रतिस्पर्धामा विभागीय टोलि पुलिस क्लबकी राजपुरा पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण पदक जितेकी हुन् ।सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् ।एपीएफकी पुष्पा भण्डारी तेस्रो स्थान हासिल गरिन् ।