बडादसैँको तेस्रो दिन आज पनि जारी नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम जारी छ ।
टीकाकाे दिन टाढा रहेका आफन्त तथा मान्यजनहरु कहाँ टीका लगाउन जान नभ्याएकाहरू कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशिर्वाद लिने चलन छ । यतिखेर सडक चाेकमा टीका लगाउन जानेआउनकाे भीडभाड बढेकाे छ ।
आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमाअर्थात् कोजाग्रत पूर्णिमाका दिन सम्म जारी रहन्छ ।