Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Tuesday, October 03, 2023 | मंगलबार, असोज १६, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
ती दिन
  • गृहपृष्ठ
  • ती दिन
शेरबहादुर भन्छन्, ‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’
स्पेसखबर
स्पेसखबर जुम्ला, १९ साउन
शेरबहादुर भन्छन्, ‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’

‘जनयुद्ध’ होमिदा शेरबहादुर बोहोरा २७ वर्षका थिए। पढाई ५ कक्षा पास। युद्धमार्फत समाज परिवर्तनको सपना बाहेक अरु केही देखेनन्। त्यसैले पढाई, घरपरिवार सबै छाडेर ‘जनयुद्ध’ मा लागे। पार्टीको पूर्णकालीन कार्यकर्ता बनेर ‘जनयुद्ध’ मा होमिएका बोहोरा भूमिगत रुपमा हतियार बनाउने प्राबिधिक टोलीको भेरी–कर्णाली इन्चार्ज थिए। २०५४ सालमा प्राबिधिक टोलीमा भर्ती भएका उनले हतियार बनाउने सम्बन्धी धेरै तालिममा सहभागी भए। पहिलो पटक रुकुममा तालिम पाएका उनले त्यसपछि रोल्पा, दैलेख, सुर्खेत र मुुगुमा थप तालिम लिए।

पहिलो तालिम नै फलाम पिट्नबाट शुरु भएको उनी सम्झन्छन्। त्यसक्रममा हतियारमा पाइन हाल्न, रसायन भर्न, धार लगाउन, नट निकाल्न, फलामको बुलेट बनाउने सम्बन्धी थप सीप उनले त्यहीबेला सिकेका हुन्। ‘जनयुद्ध’ को मध्यकालतिरबाट त उनले तोप, ग्रिनेट, सकेट बमजस्ता हतियार बनाउन सिकिसकेका थिए। माओवादी सेनामा भर्ती भएर पढाई पूूरा नभएकोमा अहिले पनि बेलाबेलामा उनलाई पछुतो लाग्छ।

हतियार बनाउने क्रममा सुर्खेतका ज्योति, कालिकोटका ध्रुब र जाजरकोटका खड्का थरका अर्का साथीको बिष्फोटमा परी निधन भएको उनी झलझली अझै पनि आँखा अगाडि आइरहन्छ। ‘हामीले पनि हत्केलामा ज्यान राखेर पार्टीका लागि काम गरेका हौं,’ ‘जनयुद्ध’ का ती दिन सम्झदैं बोहोरा भन्छन्,‘हतियार बनाउने क्रममा कतिबेला मरिन्छ भन्ने पत्तो हुँदैनथ्यो।’ बन्द शिविरमा बसेर काम गरेका बेला लडाकुहरुलाई हौसला दिन पुुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु बेलाबेलामा आउने गरेको उनी सम्झन्छन्। बोहोरा भन्छन्,‘उहाँ (प्रचण्ड) हामीलाई सधैं भन्ने गर्नुहुन्थ्यो, यस्तो काममा ज्याँदा जोखिम हुन्छ। खानपिनमा ध्यान दिनूू।’

२०६२/०६३ को परिवर्तनसंगै माओवादी शान्ति प्रक्रियामा आएपछि सेना प्रमाणिकरणका बेला उनी सुर्खेतको दशरथपुर शिविरमा बसे। २०६३ सालमा सेना समायोजनपछि उनी क्याम्पमा गएका हुन्।  बोहोरा भन्छन्,‘एसएलआरको चालक पूर्जा मैले नै बनाएको हुँ।’ पार्टीले अहिले कामको मूूल्यांकन गरेर टिकट दिएकोमा उनी खुसी छन्। जुम्ला सदरमुुकाम खलंगादेखि २५ किमि टाढा तिला गाउँपालिकाको कार्यालयमा भेटिएका बोहोरा गत स्थानीय चुनावमा माओवादी केन्द्रका तर्फबाट सोही गाउँपालिकाको वडा नम्बर ९ बाट विजयी भएका थिए।

असल मान्छे मरिसके

उनी माओवादीका पूूर्णकालीन कार्यकर्ता थिए। त्यसैले पार्टीले खटाएको ठाउँमा गएर काम गर्नुपथ्र्यो उनीहरुले। पहिलो पटक तालिमका लागि दैलेख पठाएको थियो। जहाँ उनले गोल बनाउन सिके। युद्धका ती दिन सम्झदै बोहोरा भन्छन्,‘त्यतिबेला बाँचुला भन्ने लागेकै थिएन।’ उनका अनुसार युद्धका क्रममा कोही पछाडि फर्कन लाग्यो भने आफ्नै साथीले हानेर मारिदिन्थे ‘यस्तो काँतरबाट परिवर्तन सम्भब छैन’ भनेर। अर्थात् त्यतिबेला अनुशासनमा निक्कै कडाई थियो। उनको बुुझाइमा क्याम्पमा आएर बस्न थालेपछि अनुशासन फितलो हुँदै गएको हो। ‘जनयुद्ध’ को सपना पूरा नभएको उनको बुुझाइ छ। भन्छन्,‘सपना अधुरो भएको छ, पूूरा नगरी हुँदैन।’

बोहोराका अनुसार ‘जनयुद्ध’ मा समर्पित माओवादीभित्रका राम्रा मान्छे धेरै मरिसकेका छन्। धेरै जनताको बलिदानीपछि माओवादीले २०५२ सालमा शुरु गरेको ‘जनयुद्ध’ आजको उचाइमा पुुगेको उनको बुुझाइ छ। भन्छन्–यो अवस्थामा आइपुगेको जनताले धेरै दुःख कष्ट गरेका कारण हो। तर, त्यत्रो संघर्ष गरेका नेताहरु पछिल्लो समय धेरै सुबिधाभोगी भए। उनी भन्छन्,‘नेताहरुको यस्तो पारा हिजोका दिनमा घर, परिवार सबै छाडेर जनयुुद्धमा होमिएका हामीजस्ता लडाकुुहरुलाई कत्ति पनि चित्त बुुझेको छैन।’ बोहोराको बुुझाइमा नेताहरुको सबैभन्दा ठूलो कमजोरी जनतासंग घुलमिल हुन नसक्नु हो। ‘जनताको आन्दोलनको बलमा आज यो अवस्थासम्म आइपुुग्ने अनि तिनैलाई भुुल्ने माओवादी नेताहरुको सबैभन्दा ठूलो कमजोरी हो,’उनी भन्छन्।

कुनै समय एक्लै बस्दा माओवादी आन्दोलन र त्यसको उपलब्धी के भयो त भनेर घोत्लिन्छन् उनी। घरि उनलाई लाग्छ, हो त माओवादीले गरेको आन्दोलन युुगले मागेको आन्दोलन हो। अनि चित्त बुुझाउँछन्, जे गरियो ठीकै गरियो। तर, कुनैबेला फेरि हिजोका ती दर्दनाक घटना सम्झन्छन्। र, भन्छन्–मान्छे मार्ने हतियार बनाएकोमा कुनैबेला चाँही मैले पाप गरें कि भन्ने लाग्छ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०७५, ०३:१०:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
  • राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
  • प्रधानमन्त्री दाहाल ल्हासामा
  • एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
  • संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
  • स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
तिहारे अनुभूति !
तिहारे अनुभूति !
यस्ता थिए, भारतीय पूर्वराष्ट्रपति एपीजे अब्दुल कलाम
यस्ता थिए, भारतीय पूर्वराष्ट्रपति एपीजे अब्दुल कलाम
राणाको बैठक कोठाबाट मार्बल ल्याएर सहिद गेट
राणाको बैठक कोठाबाट मार्बल ल्याएर सहिद गेट
औंला भाँच्दै भविष्यवाणी गरिन्थ्यो
औंला भाँच्दै भविष्यवाणी गरिन्थ्यो
‘जहाज रुखमा ठोक्किएर चूर भएछ’
‘जहाज रुखमा ठोक्किएर चूर भएछ’
‘जेलभित्रै सुवर्ण शमशेरले पठाएको पैसा बहिष्कार गर्‍यौं’
‘जेलभित्रै सुवर्ण शमशेरले पठाएको पैसा बहिष्कार गर्‍यौं’
  • ताजा समाचार
  • ट्रेण्डिङ
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण 1
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस 2
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा? 3
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन 4
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने  5
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP