एक विलक्षण व्यक्तित्व मानिन्छन् भारतीय पूर्वराष्ट्रपति एपीजे अब्दुल कलाम । उनले ८३ वर्षको उमेरमा २७ जुलाई २०१५ मा देह त्याग गरे ।
भारतका ११औं राष्ट्रपति 'अग्नि' मिसाइल को सफल परीक्षण गर्ने उनी वैज्ञानिकसमेत हुन् । सिलोङमा आईआईएमको लेक्चर दिने क्रममै हृदयाघात भएपछि उनलाई आनन-फानन अस्पताल लगियो तर चिकित्सकले बचाउन भने सकेनन् ।
उनको पूरा नाम अबुल पकिर जैनुल्लाब्दिन अब्दुल कलाम हो । उनी एक माझीका सन्तान थिए । सानोमा उनले पत्रिका बेच्ने कामसमेत गरेका थिए । उनी करोडौं युवाका प्रेरणाका स्रोतसमेत हुन् । उनले आफ्नो वाककलाका कारण हजारौं भीडलाई मन्त्रमुग्ध गर्ने खुबी राख्थे । युवामा केही नयाँ गर्नुपर्छ भन्ने जोश र हौसला भर्ने गर्थे । उनले झन्डै २ दर्जन पुस्तकमा आफ्नो अनुभव बाँडेका छन् ।
यिनै बहुप्रतिभाशाली भारतका ११औं राष्ट्रपति एपीजे अब्दुल कलामका विषयमा जति लेखे पनि कम हुन जान्छ । तर, पनि उनका विषयमा जानौं यी १० विशेषता :
१. एपीजे अब्दुल कलामको जन्म १५ अक्टोबर १९३१ मा दक्षिण भारतीय राज्य तमिलनाडुको रामेश्वरममा भएको हो ।
२. उनका मातापिता निरक्षर थिए । उनका पिताजीले माझीहरुलाई डुंगा भाडामा दिने गर्थे । ५ भाइ तथा ५ बहिनीसहितको परिवार चलाउन उनका पिताको आम्दानीबाट मुस्किल परेपछि सुरुवाती दिनमा एपीजे अब्दुल कलामले पत्रिका बेचेर घरायसी खर्चमा बाबुलाई सघाएका थिए ।
३. ८ वर्षको उमेरबाटै कलाम बिहान ४ बजे उठ्थे र नुहाइधुवाई गरेर गणितको पढाइका लागि जान्थे । बिहान नुहाएर पढ्न जानुको कारण यो थियो कि प्रत्येक वर्ष ५ बच्चालाई नि:शुल्क पढाउने उनका शिक्षक यस्ता थिए- 'नुहाएर नआउने बच्चालाई कहिल्यै पढाउँदैनथिए । त्यसपछि उनी बिहान ८ बजेसम्म रामेश्वरमको रेल्वे स्टेसन र बसपार्कमा पत्रिका बाँड्ने काम गर्थे ।
४. आफूले 'एरोस्पेस टेक्नोलोजी' पढ्ने कुरा पाँच कक्षामा पढाउने आफ्ना शिक्षक सुब्रह्मण्यम अय्यरलाई बताएका थिए । उनले भन्ने गर्थे, 'उहाँ हाम्रो असर शिक्षकमध्ये एक हुनुहुन्थ्यो ।' एकपटक शिक्षकले कक्षामा सोध्नुभयो 'चरा कसरी उड्छ ?' कक्षाको कुनै छात्रले यसको उत्तर दिएन । अर्को दिन शिक्षकले सबै विद्यार्थीलाई लिएर समुद्रकिनार पुगे । त्यहाँ धेरै पक्षी उडिरहेका थिए । कोही समुद्रकिनारमा पौडी रहेका थिए भने कोही बसिरहेका थिए । त्यहाँ शिक्षकले पक्षी उड्नुको कारण सम्झाए र साथै पक्षीको शारीरिक बनावटलाई पनि विस्तारपूर्वक बताए जसले उड्न सहयोग पुर्याउँछ । 'शिक्षकले सम्झाएको यो कुरा मेरो मन भित्रसम्म रह्यो कि मलाई सधैं महसुस हुन थाल्यो र म रामेश्वरमको समुद्री तटमा छु । अनि त्यही दिनको घटनाले मेरो जीवनको लक्ष्य निर्धारणमा प्रेरणा मिल्यो,' कलाम भन्छन्, 'पछि मैले तय गरें कि उडानको क्षेत्रमै आफ्नो करियर बनाउँ, पछि मैले फिजिक्सको पढाइ सकें अनि मद्रा इन्जिनियरिङ कलेजबाट एयरोनटिक इन्जिनियरिङको पढाइ पूरा गरें ।'
५. सन् १९६२ मा कलाम इसरोमा पुगे । यही परियोजनाको कलाम निर्देशक रहेकै क्रममा भारतले आफ्नै पहिलो स्वदेशी उपग्र प्रक्षेपण यान एसएलबी ३ बनायो । १९८० मा रोहिणी उपग्रहलाई पृथ्वीको कक्षनजिक स्थापित गरियो र भारत पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष क्लबको सदस्य बन्यो । कलामले यसपछि स्वदेशी निर्देशित मिसाइलको डिजाइन गरे । उनले अग्नि तथा पृथ्वीजस्ता मिसाइल भारतीय प्रविधिबाटै बनाए ।
६. १९९२ देखि १९९९ सम्म कलाम रक्षामन्त्रीको रक्षा सल्लाहकार पनि थिए । यसबीच अटलबिहारी बाजपेयी सरकारले पोखरणमा दोस्रोपटक न्युक्लियर परीक्षण पनि गर्यो र भारत परमाणु हतियार बनाउने देशमा सामेल भयो । कलामले 'भिजन २०२०' प्रतिपादन गरे । यसैकारण उनले भारतलाई विज्ञानको क्षेत्रमा विकासमार्फत २०२० सम्म अत्याधुनिक बनाउने सोच राखेका थिए । कलाम भारत सरकारको मुख्य वैज्ञानिक सल्लाहकारसमेत थिए ।
७. १९८२ मा कलामलाई डीआरडीएल (डिफेन्स रिसर्च डेभलपमेन्ट लेबोरेटरी) को निर्देशक बनाइयो । यही क्रममा अन्ना विश्वविद्यालयले उनलाई डाक्टरको उपाधिबाट सम्मानित गरेको थियो । कलामले यसैबखत रक्षामन्त्रीका वैज्ञानिक सल्लाहकार डा. बीएस अरुणाचलमसँगै इन्टिग्रेटेड गाइडेड मिसाइल डेभलपमेन्ट प्रोग्राम (आईजीएमडीपी) को प्रस्ताव तयार गरेका थिए । स्वदेशी मिसाइलोको विकासका लागि उनकै अध्यक्षतामा एउटा कमिटी पनि बनाइएको थियो ।
८. यसको पहिलो चरणमा जमिनबाट जमिनमै मध्यम दूरीको मार हान्न सक्ने मिसाइल बनाउनेमा ध्यान दिइयो । दोस्रो चरणमा जमिनबाट हावामा आक्रमण गर्न सक्ने मिसाइल, ट्यांक भेदी मिसाइल तथा रि-इन्ट्री एक्सपेरिमेन्ट लन्च भेहिकल (रेक्स) बनाउने प्रस्ताव गरिएको थियो । पृथ्वी, त्रिशूल, आकाश, नाग नामका मिसाइल उनैले बनाए । कलामले आफ्नो सपना रेक्सलाई अग्नि नाम दिए । सबैभन्दा पहिला सेप्टेम्बर १९८५ मा त्रिशूल, त्यसपछि फेब्रुअरी १९८८ मा पृथ्वी तथा मे १९८९ मा अग्निको परीक्षण गरियो । यसपछि १९९८ मा रुससँग मिलेर भारतले सुपरसोनिक क्रुज मिसाइल बनाउन थाल्यो । सँगै ब्रह्मोस प्राइभेट लिमिटेडको स्थापना पनि गरियो । ब्रह्मोसलाई पृथ्वी, आकास तथा समुद्र कहींबाट पनि विस्फोट गराउन सकिन्छ । यो सफलतापछि नै कलामलाई 'मिसाइल म्यान' का रुपमा प्रसिद्धि मिल्यो । र उनलाई पद्म विभूषणबाट सम्मानसमेत गरियो ।
९. कलामलाई १९८१ मा भारत सरकारले देशको सर्वोच्च नागरिक सम्मा पद्म भूषण, १९९० मा पुन: पद्म विभूषण तथा १९९७ मा भारत रत्न प्रदान गरिएको थियव । भारतको सर्वोच्च पदको नियुक्तिअघि भारत रत्न पाने कलाम मुलुककै तेस्रो राष्ट्रपति हुन् । उनीअघि यो पदक पाउने सर्वपल्ली राधाकृष्णन र जाकिर हुसैन मात्र हुन् । -एजेन्सीको सहयोगमा