Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, August 12, 2022 | शुक्रबार, साउन २७, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
ती दिन
  • गृहपृष्ठ
  • ती दिन
‘जहाज रुखमा ठोक्किएर चूर भएछ’
स्पेसखबर
स्पेसखबर काठमाडौं, ७ वैशाख ।
‘जहाज रुखमा ठोक्किएर चूर भएछ’
स्केच गोरखापत्र ।

“प्लेन टुक्राटुक्रा भई छरिएको थियो । मरेका गिद्ध छरपस्ट थिए । एउटा रुखमाथि प्लेन ठोक्किएको थियो त्यो रुखमा गिद्ध बस्थे । प्लेन बज्रिदा बडेमानको त्यो रुख भाँच्चिन पुगेको थियो” ७५ वर्षअघि नेपाली भूमिमा भएको पहिलो विमान दुर्घटनाका ती दृश्य गोकुलप्रसाद शर्माको स्मरणमा अझै पनि ताजा छ ।

वि. सं. २००१ सालको त्यो घटना । पुस २ गते राति विमान बडेमानको आवाजका साथ बजारियो । सिरहाको भेडियाका गाँउलेले बेलाबखत आकाशमा विमान उडेको देख्ने गरेकै थिए । आफ्नै गाउँपछाडि रातको समयमा विमान बज्रिएपछि निद्रामा मस्त स्थानीयमा खैलाबैला मच्चिनु स्वभाविक थियो । आगोको मुस्लो देखेपछि उनीहरू घटनास्थलतर्फ कुदाकुद गरे । आजको गोरखापत्रमा प्रकाशित छ ।

त्यसबेला यातायात र सञ्चार सुविधा नभए पनि विमान खसेको खबर सिरहा बजारसम्म आइपुग्यो, तर खबर आइपुग्न दुई दिन लाग्यो । पुस ८ गतेको गोरखापत्रमा समाचार पनि छापियो, “सिरहाबाट करिब चार कोस परतिर पुस २ गते राति अमेरिकन चिनु भएको एउटा हवाइजहाज सय डेढ सय गिद्ध बसिरहेको रुखमा बज्रेर नगिचैको पानीमा गाडिई चूर भएछ ।

तेजारथ सिरहा बजारमा थियो । त्यसैले हाकिमहरूको बसोबास पनि उतै थियो । बजारमै घर थियो गोकुलप्रसादको ।

अमिनीका लेफ्टिनेन्ट रुद्रपाणि गौतम र मुन्सी जगदीशनारायण लाल दास घटनास्थल जाने कुरा तय भयो । “रुद्रपाणि र जगदीशनारायण जाने भएपछि म पनि उनीहरूसँगै लागे । दुई घण्टा हिँडेपछि घटनास्थल पुग्यौँ” आफू १० वर्षको हुँदाको घटनाका बारेमा गोकुलप्रसादले बेलिविस्तार लगाए ।

“दुई वटा जीपमा विदेशी पनि आएका थिए । हामी भेडिया पुगेपछि विदेशी पनि टुप्लुक्क आइपुगे । रुद्रपाणिले अङ्ग्रेजी जान्दैन थिए । जगदीशनारायणले ती विदेशीलाई अङ्ग्रेजीमै व्याख्या गरे ।” उहाँका अनुसार विदेशी सात, आठ जना थिए ।

विमान निकै ठूलो पनि होइन, सानो पनि होइन । सेतो रङ्गको थियो । तिनताक गोरखापत्रमा बेलाबखत सेतो रङ्गको विमान नेपाली आकासमा उडेको समाचार छापिन्थ्यो ।

यदाकदा कालो रङ्गको विमान उडेको खबर पनि छापिएको पाइन्छ । २००१ साल पुस ५ गते पनि यस्तै समाचार छापिएको थियो, “पौष १ गतेका दिन ३ बजे एउटा विमान सदर चार भन्ज्याङ्गभित्र बादलमुनी देखिएको थियो । केही बेर घुमी हरायो ।”

बन्दीपुर, गोर्खा, पशुपतिनगर, तेह्रथुम आदि स्थानमा विमान देखिएका समाचार गोरखापत्रले छापेका थिए । गोकुलप्रसादले पनि बेलाबखत आकासमा उडिरहेका विमान देख्ने गर्नुभएकै थियो । त्यहाँभित्र मानिस हुन्छन् भनेर कसैकसैले भनेको उनले सुनेका पनि थिए ।

त्यो विमान खसेको स्थान नजिकै पानी जमेको खाल्डो पनि थियो । चालकको अत्तोपत्तो थिएन । कति सवार थिए भन्ने पनि कसैले भन्न सकेन । “मानव शरीरका टुक्रा केही देखिएन । चालक जलेर नष्ट भए वा भाग्न सफल भए भन्ने कसैले केही भन्न सकेन” ८७ वर्षीय गोकुलप्रसादले भने । विमान दुर्घटना भएको दुई दिन बितिसकेकोले विमानमा आगो देखिएन ।

विदेशीले स्थानीयको सहायताबाट विमानका अवशेषलाई सङ्कलन गरी तीन, चार ठाँउमा थुपारे । आगो लगाइयो । रुद्रपाणि र जगदीशनारायण त्यस दिन विदेशीका साथ त्यही बसे, गोकुलप्रसाद लुरुलुरु एक्लै घर फर्किए । पछि फागुन ११ गतेको गोरखापत्रमा ‘अघि खसेको हवाइजहाजको अन्तेष्टी’ शीर्षकमा समाचार छापियो, “यही मेडियाले पहिले खसेको हवाइजहाज लिन भनी सालमेन पार्टीबाट १२ गतेका दिन सिरहामा आएर हवाइजहाजको जाँच गरी काम नलाग्ने ठहर्याइ जम्मै पाट र टोटामा प्याट्रोल खनाइ आगो लगाइ जलाए, भोलिपल्ट आफ्ना मुलुकतिर गए ।”
गोकुलप्रसादले विमान चालक नहुनुलाई अहिले पनि रहस्यका रुपमा लिनुहुन्छ । उनको शंका छ, ‘मरेको हुनुपर्दछ ।’

प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६, ०७:४०:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • आज गाईजात्रा पर्व मनाइँदै
  • जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
  • पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
  • 'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
  • एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन
  • सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
तिहारे अनुभूति !
तिहारे अनुभूति !
यस्ता थिए, भारतीय पूर्वराष्ट्रपति एपीजे अब्दुल कलाम
यस्ता थिए, भारतीय पूर्वराष्ट्रपति एपीजे अब्दुल कलाम
राणाको बैठक कोठाबाट मार्बल ल्याएर सहिद गेट
राणाको बैठक कोठाबाट मार्बल ल्याएर सहिद गेट
औंला भाँच्दै भविष्यवाणी गरिन्थ्यो
औंला भाँच्दै भविष्यवाणी गरिन्थ्यो
‘जेलभित्रै सुवर्ण शमशेरले पठाएको पैसा बहिष्कार गर्‍यौं’
‘जेलभित्रै सुवर्ण शमशेरले पठाएको पैसा बहिष्कार गर्‍यौं’
‘किसुनजीसँग जेलभित्र धेरै पटक बोलचाल बन्द भयो’
‘किसुनजीसँग जेलभित्र धेरै पटक बोलचाल बन्द भयो’
  • ताजा समाचार
  • ट्रेण्डिङ
आज गाईजात्रा पर्व मनाइँदै
आज गाईजात्रा पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा  निर्वाचन परिचालन कमिटी गठन
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन 1
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन
कांग्रेस नेता निधिले भेटे शरद पवार र मन्त्री चौधरीसँग 2
कांग्रेस नेता निधिले भेटे शरद पवार र मन्त्री चौधरीसँग
कांग्रेस नेता निधि  र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटघाट 3
कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटघाट
काठमाडौँका सडकमा फोहरको डङ्गुर 4
काठमाडौँका सडकमा फोहरको डङ्गुर
सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै चुनौती 5
सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै चुनौती
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP