इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले दाेस्राे हार ब्यहाेरेकाे छ। गएराति भएकाे खेलमा उल्भरह्याम्टनसँग २–१ गाेल अन्तरले पराजित भएकाे हाे । चेल्सीले एक गोलको अग्रता जोगाउन सकेन।
खेलको १८ औं मिनेटमा लोफ्टुस चिकको गोल मार्फत चेल्सीले अग्रता बनाएको थियो । पहिलो हाफसम्म चेल्सीले अग्रता कायम राख्न सफल भएकाे थियाे।
तर ५९ मिनेटमा जिमीनेजले गोल गर्दै उल्भरह्याम्टनलार्इ बराबरीमा ल्याए। ८३ औं मिनेटमा उल्भरका डियोगो जोटाले गाेल गरे पछि चेल्सी दुई एकले पराजित हुन बाध्य बन्याे।