भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वसदस्य गौतम गम्भीरले क्रिकेटबाट सन्यास लिएका छन्। गम्भीरले फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।
३७ वर्षीय गम्भीरले सन्यास घोषणा गर्दै आफूले राष्ट्रका लागि १५ वर्षभन्दा बढी क्रिकेट खेलेको र अब विश्राम लिन लागेको बताए। भारतीय राष्ट्रिय क्रिकेट टिमबाट सन् २००३ मा बंगलादेशविरुद्ध डेब्यु गरेका थिए। ओपनिङ व्याट्सम्यानका रुपमा खेल्ने गरेका गम्भीरले राष्ट्रिय टोलीमा रहँदा विश्वकप क्रिकेटको उपाधि पनि जितेका थिए।
गम्भीरले भारतीय टोलीबाट ५८ टेष्ट, १४७ एक दिवसीय अन्तर्राष्ट्रिय र ३७ टी–ट्वान्टी खेल खेलेका थिए।