ओलम्पिकको एसिया छनोट फुटबलमा नेपाल र भारतले एक एक अंक बाँडेका छन्।
म्यानमारको यांगुन रंगशालामा अग्रता बनाएको नेपालले अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो। पहिलो हाफको ११ औं मिनेटमा नेपालकी निरु थापाले गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन्।
तर ३७ औं मिनेटमा भारतकी कमलादेवीले गोल गर्दै बराबरी गरेकी थिइन्। बाँकी समयमा थप गोल नभएपछि दुवै टिम अंक बाँड्न बाध्य भए। शनिबार नेपालले दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ।