राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले न्युरोड टिम एनआरटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। खेलको १४ औं मिनेटमा राफिक अमिनुुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४१ औं मिनेटमा सन्जिब विष्टले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए।
पहिलो हाफको इन्जुरी समयमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए। त्यसपछि खेलको ७६ औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को जित दिलाए। फ्रेन्ड्सको यो चौंथो जित हो । फ्रेन्ड्सले १२ खेलमा १४ अंक जोडेको छ। एनआरटीले १२ खेलमा १३ अंक जोडेको छ।
त्यस्तै मंगलबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपाल पुलिस क्लबले मनाङ मसर््याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ। पुलिसको जितमा मुहमद आसिकले खेलको सातौं मिनेटमा निर्णायक गोल गरे । जितसंगै पुलिसले १२ खेलमा ९ अंक जोडेको छ। मनाङ १२ खेलमा १५ अंक जोडेर आठौं स्थानमा रहेको छ।