विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टीमका खेलाडीलाई सरकाले नगद पुरस्कारले सम्मान गर्ने भएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय टीमका प्रतिखेलाडीलाई ३ लाखका दरले पुरस्कार दिने फेसबुकमार्फत घोषणा गरेका हुन् ।पुरस्कारको घोषणा गरेका छन् ।
‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गर्दछु’, प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन् ।