प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र यूएईबीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् । बिहीबार नेपाली क्रिकेटरहरूलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका हुन् ।उनले नेपाली क्रिकेटरलाई विजयको शुभकामना पनि दिएका छन् ।
यस्तै, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपाल पाहुना टोली युएईविरुद्ध जितकाे लागि संघर्ष गरिरहेकाे छ ।