नेपालले आईसीसीको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राखेको छ ।
आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत कीर्तिपुरमा आइतबार युएईलाई पराजित गर्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियलाई कायम राखेको हो ।एक दिवसीय खेलमा १७७ रनको अन्तरले नेपालले कीर्तिमानी जित हासिल गरेको हो ।
नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)लाई १७७ रन अन्तरले हराउँदै एक दिवसीय स्टाटसलाई जोगाएको छ । नेपालले यूएईलाई ७१ रनमै अलआउट गर्याे ।
नेपालको जितका लागि ललित राजवंशीले २० रन दिएर ५ विकेट लिएका छन् । यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले १/१ विकेट लिएका थिए ।
यूएईका लागि आयान अफजल खानले २९ रन, विश्वनाथ भाल्थापाले १४ र कार्तिक मेइयाप्पाले ११ बनाएका थिए । त्यसबाहेक यूएईका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
टस जितेर ब्याटिङ रोजेको नेपालको सुरुवात भने राम्रो हुन सकेको थिएन । २२ रनमा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहित पौडेलले ७७ रन बनाएका थिए । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४९।२ ओभरमा अलआउट हुँदै २४८ रन बनाएको थियो ।
नेपालका आरिफ शेख ४३ रन बनाएर आउट भए भने गुल्शन झाले ३७ रन बनाए । त्यस्तै भीम सार्की ३७ बलमा ४ चौका प्रहार गर्दै २९ रन बनाउन सफल भए । नेपालको तर्फबाट यसअघि ब्याटिङमा आएका कुशल भुर्तेलले १५ बलमा ८ रन बनाएर बाहिरिए भने अर्का ब्याटर कुशल मल्ल पनि १५ बलमा ९ रन बनाएर बाहिरिए ।
यूएईका तर्फबाट आयन अफजल खान‚ जहुर खान‚ रोहन मुस्तफा र जवर फरिदले २र२ विकेट लिए भने जुनैद सिद्दिकी र आर्यन लाक्रा १र१ लिन सफल भए । आइतबारको खेलमा टिम नेपालबाट दुई खेलाडी परिवर्तन गरिएको थियो ।जितसँगै दोस्रो लिगमा नेपालको ३६ अंक भएको छ । बाँकी २ खेल नै पराजित भए पनि नेपाल अब विश्वकप लिग २ को शीर्ष ५ स्थानमा कामय रहनेछ ।