साविक उपविजेता क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कतारकाे अल जानुब स्टेडियममा सोमबार राति भएकाे खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो ।प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् । तीनै जनाको पेनाल्टी प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले बचाए ।क्रोएसियाका मार्को लिभाजा मात्रै पेनाल्टीमा चुके ।पेनाल्टीमा जानु अघि दुबै तर्फबाट १-१ गाेल भएकाे थियाे ।