नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूमाथि जबरजस्ती करणीको आरोप लागेपछि कानूनी उपचारका लागि सहयाेग गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई आग्रह गरेका छन् ।
हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले कानुनी उपचारका लागि सहयोग गर्नुस् भनेको क्यान सचिव प्रशान्त विक्रम मल्लले बताए ।
एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् ।
वेष्टे इन्डिज जानु एक दिन अघि आफूलाई विभिन्न प्रलोभन देखाई पिंगलास्थानको एक होटलमा लगेर सन्दीपले बलात्कार गरेको एक नाबालिकाले मंगलबार नै प्रहरीमा उजुरी दिइसकेकी छन् ।
किटानी जाहेरीमा आफूलाई ५ भदौको राति ११ः५५ बजे पिंगलास्थानस्थित होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा लगेर पटकपटक बलात्कार गरिएको उल्लेख गरेकी छन् ।नुवाकोट स्थायी घर भएका पीडित नाबालिका बानेश्वरको एक गर्ल्स होस्टेलमा बस्दै आएकी थिइन् ।
प्रहारीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने भएकाे छ ।सन्दीप सीपीएलको खेलेर खेलेर मात्र फर्कने भएका छन् ।
लामिछानेविरुद्ध बलात्कार आरोप पुष्टि हुने केही तथ्य फेला पारेको दाबी प्रहरीले गरेको छ । नाबालिकाको उजुरीपछि अनुसन्धानमा खटिएको प्रहरीले लामिछाने बसेको भनिएको होटलको दृश्य सीसी क्यामेरामा देखिएको एक प्रहरी अधिकारीले बताए ।