काँकडभिट्टामा जारी झापा सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा धुलाबारी टाइगर्स र सनराइज काँकडभिट्टा विजयी भएका छन्। लर्ड बुद्ध क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगितामा दुवै टोलीले जितसँगै दुई दुई अङ्क जोडेका छन्।
पहिलो खेलमा धुलाबारी ४६ रनले विजयी भयो भने दोस्रो खेलमा सनराइजले काँकडभिट्टालाई ६ विकेटले पराजित ग¥यो। पहिलो खेलमा टस जितेर बोस्टर्न ब्लास्टरले फिल्डिङ रोजेको थियो। ब्याटिङको निम्तो पाएको धुलाबारीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७५ रन बनायो । उसका लागि गुल्सन झाले सर्वाधिक ५२ रन बनाए।
यस्तै प्रवेश कामतीले १४ बलमा २६ रन जोडे । बलिङतर्फ बोस्टर्नका सुनील आचार्यले सर्वाधिक ३ विकेट लिए। धुलाबारीले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा बोस्टर्नको पारी १८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १२८ रनमा समेटियो। उसका लागि दीपु भुजेलले ३० र मिनास थापाले २४ रन बनाए।
बलिङतर्फ धुलाबारीका ज्ञानेन्द्र श्रेष्ठले तीन र दीपेश कँडेलले दुई विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ धुलाबारीका गुल्सन झा भए । दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रपुरले २० ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनायो। उसका लागि मन्जित श्रेष्ठले अविजित ७९ र रुपक बरालले ३४ रन बनाए।
बलिङतर्फ सनराइज काँकडभिट्टाका आयुष नेउपाने, सन्दीप ढुङ्गाना र फिरदोज अन्सारीले २÷२ विकेट लिए। एक सय ३८ रनको लक्ष्य सनराइज काँकडभिट्टाले १६ दशमवल ५ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो। उसका लागि भुपाल दङ्गालले अविजित ५१ र सन्दीप ढुङ्गानाले ३८ रनको योगदान दिए। ढुङ्गाना ‘प्लेयर अफ दी म्याच’ घोषित भए।
बलिङतर्फ भद्रपुरका शौजन घिमिरे र आशिक राना मगरले २÷२ विकेट लिए। सोमबार विराट वारियर्स र धुलाबारी टाइगरबीच तथा बोस्टर्न ब्लास्टर र सनराइज काँकडभिट्टाबीच खेल हुने आयोजकले जनाएको छ।