नेपाली क्रिकेट टिमको क्याप्टेनबाट ज्ञानेन्द्र मल्ललाई हटाएर उनको स्थानमा सन्दीप लामिछानेलाई ल्याइएको छ।यसैगरी नेपाल क्रिकेट संघले दीपेन्द्रसिंह ऐरीलाई क्रिकेट टिमबाट हटाउने निर्णय गरेको छ।
मर्यादाविपरीतका आचरण गरेको आरोपमा उनीहरुलाई पदमुक्त गरिएको क्यानले जनाएकाे छ। अनुशासन उल्लंघनबारे गठित समितिको सिफारिसका आधारमा मल्ल र ऐरी पदमुक्त भएका हुन्।