सहिद समारक ‘ए’ डिभिजन लिग चलिरहँला १६ जना रेफ्रीले संयुक्त राजीनामा दिएका छन् ।लिग चलिरहेकाे समयमा ‘फिटनेस टेस्ट’ गर्न दबाब दिएपछि बिहीबार लिगमा संलग्न २४ रेफ्रीमध्ये १६ जनाले राजीनामा दिएका हुन् ।
फिटनेस टेस्टलाई सार्न वा तयारी गर्ने समय दिन आग्रह गर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले अब खेल सञ्चालनमा संलग्न नहुने बताएका छन् ।