नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतसँग पराजित भएको छ ।माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग ३–० ले पराजित भएकाे हाे ।याेसँगै भारतले ८ औं पटक साफच्याम्पियनसिपकाे उपाधि उचालिसकेकाे छ । नेपाल भने उपविजेतामा चित्त बुझाउन बाध्य भएकाे छ ।
फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर, दोस्रो हाफ सुरु भए लगत्तै भारतले ४६ औं र ४७ औं मिनेटमा लगातार दुई गोल गरेपछि नेपालको उपाधि उचाल्ने सपना तुहिएको थियो । भारतका लागि सुनील क्षेत्री र अनिरुद्ध थापाले गोल गरेका थिए । खेलको ९० औं मिनेटमा भारतले थप एक गोल गरेको थियो ।
नेपाली डिफेण्डर रोहित चन्दले भारतीय आक्रमणलाई निस्तेज पारेपछि नेपाल थप गोल खानबाट जोगिएको थियो ।