नेपाल आज भारतविरुद्ध साफ च्याम्पियनसिप २०२१ को ऐतिहासिक फाइनलमा भिड्दैछ ।माल्दिभ्सको नेसनल स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजे खेल सुरु हुनेछ । नेपाल साफ च्याम्पियनसिपको इतिहासमै फाइनल पुगेको यो पहिलो पटक हो ।नेपालले भारतलाई हराउँछ भने त्यो आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता सावित हुनेछ ।
सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालको प्रदर्शन कहिले पनि सेमिफाइनल भन्दा माथि हुन सकेको छैन् । अधिकांस समय यो प्रतियोगितामा नेपाल समूह चरणमै सीमित हुने गरेको छ ।सात पल्टको विजेता भारतले फाइनल खेल्न लागेको यो १२ औं पल्ट हुनेछ ।