नेपालको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् ।
वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका हुन् । राजीनामा पत्रमा उनले महामारीका बेलामा परिवारसँग टाढा बस्नु उपयुक्त नलागेको उल्लेख गरेका छन् ।
६७ वर्षे ह्वाटमोर जनवरीमा मात्र नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए । उनको डिसेम्बरसम्म क्यानसँग सम्झौता रहेको थियो ।