नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली जनतासँग माफी मागेका छन् ।
आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् । दुई साता अघि अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्षको कारणले आफू राजीनामा दिने स्थितिमा पुगेको घोषणा गरेका थिए ।
प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमा आफूले गलत मनशायले कुनै पनि अभिब्यक्ति नदिएको भन्दै सामाजिक सञ्जाल मार्फत क्षमा मागेका छन्। करिब एक महिना अगाडि अल्मुताइरीले एक अनलाइन मीडियासँग अन्तर्वाताको क्रममा नेपालको विगतका खेलाडी र प्रशिक्षकको आलोचना गरेका थिए।