अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। आज विहान भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।
खेलको सातौं मिनेटमा अर्जेन्टिनाका खेलाडी लाउटारो मार्टिनेजले गोल गरेका थिए । तर ,हार्फ टाइमपछि ६१ औँ मिनेटमा कोलम्बियाले बराबरी गोल फर्कायो।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
अर्जेन्टिनाका लागि लिओनल मेसी, परेडेस र लाउटारो मार्टिनेजले गोल गरे। डि पाउलले पेनाल्टी गर्न सकेनन् ।यता कोलम्बियाका लागि सान्चेज, मेना र कार्डोनाले गोल गर्न सकेनन्। कोलम्बियाका लागि बोर्जा र काउड्राडोले मात्र गोल गर्न सके ।
अब उपाधिका लागि अर्जेन्टिनाले ब्राजिलसँग आगामी आइतबार विहान प्रतिस्पर्धा गर्नेछ।