डिफेन्डिङ च्याम्पियन ब्राजिल कोपा अमेरिका–२०२१ को फाइनल प्रवेश गरेकाेछ । मंगलबार उसले सेमिफाइनलमा पेरुलाई १–० ले पराजित गरेको हो । खेलको एक मात्र गोल लुकास पाक्वेलाले ३५ औं मिनेटमा गरे ।
नेयमारले सिर्जना गरेको अवसरमा पाक्वेलाले निर्णायक गोल गरेका हुन् । पेरुले दोस्रो हाफमा ब्राजिलसामु कडा चुनौती पेस गरे पनि गोल फर्काउन भने सकेन ।अर्को सेमिफाइनलमा बुधबार अर्जेन्टिना र कोलम्बिया भिड्नेछन् । त्यसको विजेताले उपाधि–भिडन्तमा ब्राजिलको सामना गर्नेछ ।