नेपाली कांग्रेस केन्द्रीय खेलकूद विभाग र लोकतान्त्रिक खेलकूद संघको संयुक्त प्रयासमा काठमाडौंको त्रिपुरेश्वरस्थित खेलकूद परिषद्को हाताभित्र अक्सिजनसहित १० बेडको कोरोना उपचार केन्द्र स्थापना गरिने भएको छ।
खेलाडी र प्रशिक्षकहरुलाई सहयोग गर्ने उद्धेश्यले कोरोना उपचार केन्द्र स्थापना गर्न लागिएको नेपाली कांग्रेस केन्द्रीय खेलकूद विभागका प्रमुख मोहनबहादुर बस्नेतले बताए।
पूर्ब सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य बस्नेतले कोरोनाको उपचारमा सरकार उदासिन र गैरजिम्मेवार भएको भन्दै खेलाडीहरुको मनोवल उच्च राख्दै थोरै भए पनि उपचारमा सहघाउ पुुर्याउने उद्धेश्यले उपचार केन्द्र स्थापना गर्न लागिएको बताए। सोमबार प्रेस विज्ञप्ति निकाल्दै नेता बस्नेतले भ्याक्सिनको डोज दिंदा खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
खेलकूद बिभागले पहिलो चरणको कोरोना कालमा १३ औं साग खेलकूदका स्वर्ण पदक बिजेताहरुलाई नगदसहित सम्मान गरेको थियो भने टोकियो २०२० ओलम्पिकमा छनौट भएका खेलाडी तथा प्रशिक्षकहरुको कोरोना बिमा गराएको थियो। यसैगरी अस्पतालहरुमा रगतको कमी नहोस् भनेर बिभागको पहलमा करिब ३५ जिल्लामा बृहत रक्तदान कार्यक्रम गरिएको थियो।