पोखरा थन्डर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ।
बुधबार भएको खेलमा विराटनगर एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठले निर्णायक गोल गरे। उनले खेलको ८३ औं मिनेटमा गोल गरेका थिए।
जितसँगै पोखराले २ खेलमा ३ अंक जोडेको छ। पहिलो खेलमा पोखरा बुटवल लुम्बिनीसँग २–० ले पराजित भएको थियो। पोखरा चौंथो स्थानमा रहेको छ। विराटनगरको यो पहिलो हार हो। विराटनगरले २ खेलमा ३ अंक जोडेको छ। विराटनगर दोस्रो स्थानमा रहेको छ ।