नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ ।नेपालले २०१० पछि घरेलु मैदानमा पहिलो उपाधि हात पारेको हो । नेपालले पछिल्लोपटक घरेलु मैदानमा ११ वर्ष अगाडि विश्व क्रिकेट लिग डिभिजन ५ जितेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.२ ओभर गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।फाइनल पुग्ने क्रममा राउन्ड रोबिन लिगमा नेपालले ४ मध्येको ३ खेल जितेको थियो ।