त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालद्धारा मलेसिया ६९ रनले पराजित भएको छ ।
राजधानीमा जारी त्रिकोणात्मक टी-ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत बिहिबार भएको राउन्ड रोविनको अन्तिम खेलमा नेपालले मलेसियामाथि ६९ रनले जित निकालेको हो।
मलेसियाका लागि अमिनुद्दिन राम्लीले सर्वाधिक ४१ रन जोडे । कप्तान अहमद फैजले ३१, फित्री साम १४ र विरेनदीप सिंहले १३ रनको योगदान दिए ।