राजधानीमा जारी पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर–१ ले पहिलो जित निकालेको छ।
त्रिवि क्रिकेट मैदानमा सोमबार भएको कहलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश–१ ले पहिलो जित निकालेको हो। लुम्बिनी प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य प्रदेश–१ ले १३ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो। जितसँगै प्रदेश–१ ले २ खेलमा २ अंक जोडेको छ।
पहिलो खेलमा प्रदेश–१ एपीएफसँग ८ विकेटले पराजित भएको थियो। लुम्बिनीको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा लुम्बिनी ललितपुर मेयर्स–११ सँग २७ रनले पराजित भएको थियो। प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।